भारतबाट अवैध रुपमा भित्र्याइएका वेवारिसे अवस्थामा रहेको सामानसहितको ट्रक नियन्त्रणमा
मेरोन्यूज
२०८१ कार्तिक २३ गते १८:१६

काठमाडौं । भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक सशस्त्र प्रहरीले बिहिवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरवेडी ईलाकाबाट नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको सुरक्षा फौजले ना ४ ख ५७८४ नम्बरको ट्रकमा लोड गरी वेवारिसे अवस्थामा रहेको १ सय ४० किलो चिनी, ३३ बोरा धान र २० पोका भुजा बराद गरेको हो ।
बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाईएको छ । उक्त सामान तथा ट्रकको भन्सार दाखिला मुल्य ४६ लाख १९ हजार ६ सय रुपैयाँ रहेको छ ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया