सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ ।
आज सेयर बजार नेप्से परिसूचक ६२ दशलमव ५४ अंकले बढेर २,७३८ को विन्दुमा कायम भएको हाे ।
आइतबार २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य मात्रै घटेको छ । आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोडमाथिको कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २७ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आइतबार सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।










यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया