सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई बयानका लागि बुटवल लगिँदै
मेरोन्यूज
२०८१ कार्तिक २७ गते ८:४५

काठमाडौं। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ ।
भैरहवाको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको कसुरमा भइरहेको अनुसन्धानमा बयानका लागि लामिछानेलाई जहाजमार्फत भैरहवा लैजान लागिएको हो । उनको आजै बयान सुरु गरिने भएकाे छ ।
गत वर्ष जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही मार्फत सुप्रिम सहकारीका संस्थापक अध्यक्ष जीवी राई, अध्यक्ष ओमप्रकाश गुरुङलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
यसैबीच, सभापति लामिछानेलाई बयानका लागि लगिने भएपछि रास्वपाले भैरहवामा विरोध प्रदर्शन गर्ने भएको छ।
सम्बन्धित










भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली
आहा ! फुङ्फुङ्गे झरना
६ लाख २० हजार नयाँ मतदाता थपिए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया