बैतडीमा देउरानीको हत्या आरोपमा जेठानी पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २७ गते १२:२९

बैतडी । बैतडीमा देउरानीको हत्या आरोपमा जेठानी पक्राउ परेकी छन् ।
डिलासैनी गाउँपालिका-२ छेपट्टा डुङरी बस्ने २३ वर्षीया सुनिता बोहराको हत्या गरेको अभियोगमा उनकै जेठानी ३० वर्षीया दीपा बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवाद भई झै-झगडा हुँदा दीपाले दाउराको चिरपट प्रहार गर्दा सुनिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया