रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै प्रदर्शन गरिरहेका रास्वपाका नेता तथा सांसदहरूविरूद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुने भएको छ।
अधिवक्ता अनुपम भट्टराईले दिएको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको हो ।
भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना रिट निवेदन पेस गरेका थिए ।
सो रिट सहरजिष्ट्रार अच्युत कुईकेलले दरपीठ गर्ने आदेश दिएका थिए। । उक्त आदेश मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले बदर गरेको हो।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए। त्यसयता रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै प्रदर्शन गरिरहेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया