धितोपत्र बोर्ड अध्यक्षका ३ उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाइयो
मेरोन्यूज
२०८१ कार्तिक २९ गते ११:०४

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।
अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको हो ।
सूचना अनुसार, संक्षिप्त सूचीमा परेका आवेदकहरूमा कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा।नवराज अधिकारी रहेका छन्।
उनीहरूलाई आगामी ९ मंसिरका दिन बिहान ८:०० बजे सिंहदरवारस्थित अर्थ मन्त्रालयमा अन्तरवार्ताका लागि बोलाइएको छ।
यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो।

सम्बन्धित











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया