चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ

बागमती । चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडाको उपमहानगरपालिका–८ कमाने निवासी सन्तोष अधिकारीको घरबाट चोरी भएको गरगहनासहित हेटौँडा उपमहानगरपालिका–१५ निवासी मनोज पुलामीमगर र हेटौँडास्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यही कात्तिक ७ गते अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाइलसमेत चोरी भएको सूचनाका आधारमा चोरीमा सङ्लग्न व्यक्तिको खोजतलास गर्ने क्रममा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
चोरीमा सङ्लग्न मगरले चोरीका गरगहना, नगद र मोबाइलमध्ये केही सुनका गरगहना शिवशक्ति सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई बिक्री गरेको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुबाट चोरीका साढे तीन तोला सुन र पाँच तोला चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनामाथि अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ ।
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया