लामामाथि आक्रमण गरेको अभियोगमा थप १ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा गोरखाको फुजेल घर भएका निश्चल सुनार रहेका र निजलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आज पक्राउगरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, “गत कात्तिक ११ गते घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा निजलाई झापाबाट पक्राउ गरी आज काठमाडौँ ल्याएका छौँ ।” लामालाई आक्रमण गरेको आरोपमा प्रहरीले यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका र मार्सललाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएको प्रहरीले जनाएको छ ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई गत कात्तिक ११ गते चार जनाको समूह मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसीटिभी फुटेजमा देखिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताए ।
















बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
प्रधानन्यायाधीश सिफारिस प्रति सपना प्रधान मल्लले सार्वजनिक मञ्चबाटै जनाइन् असन्तुष्टी
इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया