मलेसिया वन मन्त्रालयका कर्मचारीलाई उद्धार तालिम

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मलेसियाको वन मन्त्रालयमा कार्यरत २१ कर्मचारीलाई उद्धार तालिम प्रदान गरेको छ ।
प्रतिष्ठानले मलेसियन सरकारको सहयोगमा ललितपुरको गोदावरी र भक्तपुरको नगरकोटमा नौ दिने उद्धार तालिम प्रदान गरेको हो । उक्त तालिममा सहभागी कर्मचारीलाई आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रमाणपत्र वितरण गरे।
कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल पर्वतीय पदयात्राका लागि उत्कृष्ट गन्तव्य भएको बताए। उनले सुरक्षित र दिगो हिमाली पर्यटन सुनिश्चित गर्न तथा दक्ष जनशक्ति उत्पादनमा पर्वतीय प्रशिक्षण प्रतिष्ठानले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । तालिमले दीर्घकालीन पर्यटन विकासमा सहयोग पुग्ने मन्त्री खड्काको भनाइ थियो ।
मन्त्री खड्काले यस्ता तालिमले नेपाल र मलेसियाबीचका सम्बन्धलाई थप सुदृढ बनाएको बताए। यस्ता पहलले हिमाली पर्यटन प्रवद्र्धन मात्र होइन अन्तर्राष्ट्रिय सहयोगलाई समेत बढावा दिने मन्त्री खड्काले बताए। उनले भविश्यमा पनि यस्ता सहकार्य गर्न नेपाल तयार रहेको उल्लेख गरे ।
विसं २०५८ मा स्थापना भएको प्रतिष्ठानले हालसम्म पाँच हजारभन्दा बढीलाई पर्वतीय पदयात्रा तालिम प्रदान गरिसकेको प्रतिष्ठानका अध्यक्ष उङ्दी छिरिङ शेर्पाले जानकारी दिए।
साहसिक पर्यटनमा स्नातककोत्तरसम्मको अध्यापन गराउँदै आएको प्रतिष्ठानले ‘स्पेशल रेस्क्यु’ तालिमसमेत गराउँदै आएको छ । उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राई, क्याम्पस प्रमुख शिवप्रसाद जैसी र नेपालस्थित मलेसियाका राजदूतावासका कर्मचारीको सहभागिता रहेको थियो ।
















गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया