उपसभामुख रानाद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली
मेरोन्यूज
२०८१ मंसिर २ गते १९:१०

काठमाडौं । उपसभामुख इन्दिरा रानाले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेकी हुन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गानाको पार्थिव शरीर अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।
ढुङ्गानाको अन्त्येष्टि भोलि पशुपति आर्यघाटमा गरिने बताइएको छ । ८३ वर्षको उमेरमा आज दिउँसो १ः३० बजे ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवासमेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया