अष्ट्रेलियाका चर्चित रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

सिडनी। अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन ।
बरिष्ठ अष्ट्रेलियाली प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो ।
उनी माथी लागेको आरोप पुष्टी हुने देखिए पछि पक्राउ गरिएको जनाइएको छ ।
न्यू साउथ वेल्स प्रहरीका अनुसार बाल दुर्व्यवहार टोलीका जासूसहरूले उनको सम्पत्ति खोजी गर्नुका साथै सोमबार बिहान सिड्नीको सर्कुलर क्वेमा रहेको अपार्टमेन्टबाट ८४ वर्षीय चर्चित रेडियो होस्टलाइ नियन्त्रणमा लिएका हुन ।
२००१ देखी २०१९ को बीचमा उनले धेरै अभद्र आक्रमण र यौन दुर्ब्याहार गरेको आरोप लागेको थियो, जुन घटनाहरूको अनुसन्धान गर्न गत मार्चमा स्ट्राइक फोर्स स्थापना गरिएको थियो ।
जोन्स अष्ट्रेलियाको सबैभन्दा प्रभावशाली मिडिया व्यक्तित्वहरू मध्ये एक मानिन्छन । पहिलेपटक सन २०२३ मा द सिड्नी मर्निंग हेराल्डद्वारा प्रकाशित
यौन दुर्व्यवहार सबन्धित समाचारलाई उनले अस्वीकार गरेका थिए ।
















बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया