सप्तरीमा १७ क्विन्टल गाँजासहित १ जना पक्राउ
मेरोन्यूज
२०८१ मंसिर ४ गते ११:३३

बोदे बर्साइन (सप्तरी) । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् । निजलाई आज अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया