सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता भएको छ ।
कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
घर/जग्गाा खरिद गर्न अधिकतम ४० वर्ष सम्मको समयावधीका लागि अधिकतम कर्जा रकम रु २ करोडसम्म उपलब्ध गराइनेछ । कर्जाको ब्याज दर ९.९९% तोकिएको पहिलो ७ वर्ष सम्मको लागि ब्याजदर स्थिर रहने ब्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
बैंकले आम ग्राहक महानुभावहरुलाई घर/जग्गाा खरिद गर्न झन्झट रहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट काठमाडांै क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र बृहत इन्भेष्टमेन्ट प्रा.लिको तर्फबाट कार्यकारी निर्देशक पूर्णिमा राजभण्डारीले हस्ताक्षर गरे ।
यस सम्झौताले आम ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया