मंगलबार, वैशाख २२, २०८३

आज विश्व टेलिभिजन दिवस मनाइँदै

मेरोन्यूज २०८१ मंसिर ६ गते ८:४७

काठमाडौँ । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ ।  १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो।

Advertisement
NiccNicc

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रूपमा लिइन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको व्यापक प्रयोगले टेलिभिजन हेर्नेको संख्या घटेको विश्लेषण गरिएको छ।सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण शुरु गरेको इतिहास छ। सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको हो। 

नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो। 

प्रतिक्रिया