एलजीको नानोसेल टीभी सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टीभी सार्वजनिक गरेको छ । यो टीभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको कम्पनीको विश्वास छ ।
३२ देखि ८६ इन्चसम्मका ओएलईडी टीभी, क्युएनईडी टीभी, युएचडी टीभी र स्मार्ट टीभीहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
एलजीको नानोसेल टीभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको बताइएको छ । आईपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेहरूले टोनहरूको दायरा विस्तार गर्ने पनि बताइएको छ । जीवन्त छविहरूका लागि एक अर्बभन्दा बढी रङहरूलाई सपोर्ट गर्ने र वाइद भ्युइङ एंगल पनि प्रदान गर्ने बताइएको छ ।
अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजीले सुसज्जित यी नानोसेल टीभीहरूले जीवन्त तस्बिर गुणस्तरका लागि एआई सञ्चालित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया