उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उनले लुम्बिनी प्रदेशमा उद्योग, व्यापार व्यवसायको वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
रुपन्देहीको तिलोत्तमामा आजदेखि सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय आर्थिक अवस्था सुधार हुँदा उद्योग, व्यवसायका क्षेत्रमा सकारात्मक प्रभावहरू देखिन थालेको बताए । उनले तीन तहका सरकारले लगानीमैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीमा आमन्त्रण गरेका हुन् ।
लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको पनि उनले उल्लेख गरे । “राज्यले लगानीको वातावरण बनाउँछ । तपाईँहरू निर्धक्क भएर लगानी गर्नुस्”, उनले भने, “सरकारले व्यवसायीहरूको संरक्षण र सम्वद्र्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन् ।”
मुख्यमन्त्री आचार्यले आफूले थालेका कामप्रति दृढ विश्वास नहुँदा समाजमा केही विचलन देखिएको उल्लेख गरे । तिलोत्तमा लुम्बिनीको मात्रै नभई देशकै उदाउँदो र नमुना सहरका रूपमा परिचित हुनु गौरवको विषय भएको उनको भनाइ छ । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय प्रदर्शनी कक्ष रहेका छन् ।
















आज माघ २१ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया