उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उनले लुम्बिनी प्रदेशमा उद्योग, व्यापार व्यवसायको वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
रुपन्देहीको तिलोत्तमामा आजदेखि सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय आर्थिक अवस्था सुधार हुँदा उद्योग, व्यवसायका क्षेत्रमा सकारात्मक प्रभावहरू देखिन थालेको बताए । उनले तीन तहका सरकारले लगानीमैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीमा आमन्त्रण गरेका हुन् ।
लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको पनि उनले उल्लेख गरे । “राज्यले लगानीको वातावरण बनाउँछ । तपाईँहरू निर्धक्क भएर लगानी गर्नुस्”, उनले भने, “सरकारले व्यवसायीहरूको संरक्षण र सम्वद्र्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन् ।”
मुख्यमन्त्री आचार्यले आफूले थालेका कामप्रति दृढ विश्वास नहुँदा समाजमा केही विचलन देखिएको उल्लेख गरे । तिलोत्तमा लुम्बिनीको मात्रै नभई देशकै उदाउँदो र नमुना सहरका रूपमा परिचित हुनु गौरवको विषय भएको उनको भनाइ छ । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय प्रदर्शनी कक्ष रहेका छन् ।












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया