आइतबार, वैशाख १३, २०८३

दुई वर्षको काम ६ महिनाभित्र गर्छु : अध्यक्ष डीसी

मेरोन्यूज २०८१ मंसिर ६ गते २१:०९

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन्।

Advertisement
NiccNicc

यस वर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डीसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गरे।

अध्यक्ष डीसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई सङ्ग्रहित गर्न, पटकथालाई सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायतका काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको बताए।

प्रतिक्रिया