११ एयरलाइन्सले बुझाए भाडादर सूची

काठमाडौं । हवाई भाडाको सम्बन्धमा अनुगमन गर्न कार्यदल गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको पर्यटन महाशाखाको नेतृत्वमा क्यान, पर्यटन मन्त्रालय, नेपाल प्रहरीलगायतको सहभागिता रहनेगरी यस्तो कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए ।
बुधबार मन्त्री पाण्डेले एयरलाइन्स कम्पनीहरूलाई आफूले लिएको भाडादर बुझाउन आज साँझ ४ बजेसम्मको समय दिएका थिए । यो अवधिमा ११ वटा एयरलाइन्सले भाडादरको सूची बुझाएको प्रवक्ता लामिछानेले जानकारी दिए । अहिले नेपालमा साढे २ दर्जन वायुसेवाले सेवा दिँदै आएको छ । नेपाल एयरलाइन्सले यस्तो भाडादर सार्वजनिक नै गरिसकेको छ ।
अहिले बनाइएको कार्यदलले मन्त्रालयलाई बुझाइएको भाडादर र यात्रुसँग लिइएको भाडाबारे अध्ययन गर्ने र यसको प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । समितिले २र३ दिनभित्रै यसको भाडादर अनुगमनको प्रारम्भिक निष्कर्ष दिनेछ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया