बुधबार, वैशाख १६, २०८३

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

मेरोन्यूज २०८१ मंसिर ६ गते २१:५२

पोखरा । लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका –२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल घिमिरे छन्।

Advertisement
NiccNicc

पक्राउ परेका घिमिरेको साथबाट डाईजापाम दुई सय २८, फेनेरागन दुई सय १२ र ब्रुफिन दुई सय २२ गरी जम्मा छ सय ६२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

घिमिरेविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया