इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।
इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्मनीको बर्लिनमा गत महिना देउसीभैलो खेलेर जुटाएको दुई लाख ६० हजार रकम काभ्रेको रोशी र बेथानचोक गाउँपालिकाका बाढीपीडित चार परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।
बर्लिनस्थित नेपाली दूताबास, छ वटा नेपाली रेष्टुरेराँ र दुई नेपाली परिवारको घरमा देउसीभैलो खेलेर तथा अन्य केही व्यक्तिको सहयोगमा सो रकम सङ्कलन गरिएको इनासले जनाएको छ ।
रोशी गाउँपालिका–३ का नौ वर्षीय छोरा र चार वर्षीया छोरीसहित खेतबारी गुमाएका रुपबहादुर तुम्सिङ र ६७ वर्षीया आमासहित खेतबारी गुमाएका सोमान लामालाई वडाध्यक्ष धनजित लामाले आज यहाँ एक कार्यक्रमकाबीच राहत सहयोग प्रदान गरेका हुन्।
यसैगरी जिल्लाकै बेथानचोक गाउँपालिका–३ स्थित ३९ वर्षीया श्रीमती र ११ वर्षीय छोरासहित घरजग्गा गुमाएका भीमबहादुर शङ्कर र बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएका फडीन्द्र तिमल्सिनालाई राहत सहयोग प्रदान गरिएको वडा सदस्य नारायण तिमिल्सिनाले जानकारी दिए।












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया