इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।
इनास र संसराको संयुक्त पहलमा १६ जना कलाकारले जर्मनीको बर्लिनमा गत महिना देउसीभैलो खेलेर जुटाएको दुई लाख ६० हजार रकम काभ्रेको रोशी र बेथानचोक गाउँपालिकाका बाढीपीडित चार परिवारलाई राहत सहयोग प्रदान गरिएको हो ।
बर्लिनस्थित नेपाली दूताबास, छ वटा नेपाली रेष्टुरेराँ र दुई नेपाली परिवारको घरमा देउसीभैलो खेलेर तथा अन्य केही व्यक्तिको सहयोगमा सो रकम सङ्कलन गरिएको इनासले जनाएको छ ।
रोशी गाउँपालिका–३ का नौ वर्षीय छोरा र चार वर्षीया छोरीसहित खेतबारी गुमाएका रुपबहादुर तुम्सिङ र ६७ वर्षीया आमासहित खेतबारी गुमाएका सोमान लामालाई वडाध्यक्ष धनजित लामाले आज यहाँ एक कार्यक्रमकाबीच राहत सहयोग प्रदान गरेका हुन्।
यसैगरी जिल्लाकै बेथानचोक गाउँपालिका–३ स्थित ३९ वर्षीया श्रीमती र ११ वर्षीय छोरासहित घरजग्गा गुमाएका भीमबहादुर शङ्कर र बाढीले घर बगाएपछि परिवारसहित छिमेकीको घरमा बस्दै आएका फडीन्द्र तिमल्सिनालाई राहत सहयोग प्रदान गरिएको वडा सदस्य नारायण तिमिल्सिनाले जानकारी दिए।
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया