कम्बोडियामा लगानीबारे ओली : ‘अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो’
मेरोन्यूज
२०८१ मंसिर ७ गते १६:३५

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई विभिन्न पार्टीका नेताहरुले विना आधार आरोप लगाउने गरेको बताएका छन् ।
शुक्रबार दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
ओलीले अमेरिकाको बैंकको आधा सम्पत्ति मेरै हो भन्दै ठट्टा गरेका छन् । ‘केही पार्टीका नेताहरु भन्छन् – यसको कम्बोडियामा लगानी छ, स्वीस बैंकमा पैसा छ, भन्दिए भो, हेर्न जाने होइन’, उनले भने, ‘त्यो मात्रै किन अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो । यस्तो फाल्तु कुरा गरेर काम छैन ।’
ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको स्पष्ट पारे ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया