इशान ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपलाई ‘फ्रेम बक्स’को साथ

काठमाडौं । इशान इन्टर कलेज ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको मुख्य प्रायोजकमा फ्रेम बक्स जोडिएको छ। ई-स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पुसको २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजकमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेम बक्स जोडिएको हो।
इशानले विद्यालय स्तरको ई-स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिताको रूपमा इन्टर कलेज कार्यक्रमको आयोजना गर्दै छ। प्रतियोगितामा सहभागी हुन इच्छुक देशभरका कलेज/विद्यालयले इशानको वेबसाइटमा गएर टिम तथा खेलाडी दर्ता सक्नेछन्।
पछिल्लो समय विश्वबजारमा माग भएको एनिमेसन र भिएफएक्सलाई नेपालमा अध्ययन गराउन सुरु गरेको फ्रेम बक्स ई-स्पोर्ट्स खेलको प्रवर्द्धनमा जोडिएको हो। इशानका अध्यक्ष अञ्जन धमला र फ्रेम बक्सका प्रतिनिधि अंशु किरण शाहीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताको अवधि एक वर्षको रहने बताइएको छ।
इशान अध्यक्ष धमलाले फ्रेम बक्ससँगको सम्झौताले कलेज स्तरमा हुन लागेको प्रतियोगितालाई महत्त्वपूर्ण सहयोग पुर्याउने बताए। फ्रेम बक्सका प्रतिनिधि अंशु किरण शाहीले पछिल्लो समय विश्वबजारमा लोकप्रिय रहेको एनिमेसन र भिएफएक्सको कार्यक्रमलाई नेपाल विद्यार्थीसँग जोड्न पाउँदा खुसी लागेको बताए।
काठमाडौंको बसुन्धारास्थित साउथ वेष्टन कलेजमा हुने प्रतियोगितामा पब्जी मोबाइल, एमएलबिबी, ई-फुटबल र फ्री-फायर गरी चार विधा समावेश गरिएको छ।
कुल पुरस्कार राशी ५ लाख रहने प्रतियोगितामा मंसिर ३० गतेसम्म कलेज/विद्यालयले टिम दर्ता गर्न सक्नेछन् ।










भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया