इशान ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपलाई ‘फ्रेम बक्स’को साथ

काठमाडौं । इशान इन्टर कलेज ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको मुख्य प्रायोजकमा फ्रेम बक्स जोडिएको छ। ई-स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पुसको २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजकमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेम बक्स जोडिएको हो।
इशानले विद्यालय स्तरको ई-स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिताको रूपमा इन्टर कलेज कार्यक्रमको आयोजना गर्दै छ। प्रतियोगितामा सहभागी हुन इच्छुक देशभरका कलेज/विद्यालयले इशानको वेबसाइटमा गएर टिम तथा खेलाडी दर्ता सक्नेछन्।
पछिल्लो समय विश्वबजारमा माग भएको एनिमेसन र भिएफएक्सलाई नेपालमा अध्ययन गराउन सुरु गरेको फ्रेम बक्स ई-स्पोर्ट्स खेलको प्रवर्द्धनमा जोडिएको हो। इशानका अध्यक्ष अञ्जन धमला र फ्रेम बक्सका प्रतिनिधि अंशु किरण शाहीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताको अवधि एक वर्षको रहने बताइएको छ।
इशान अध्यक्ष धमलाले फ्रेम बक्ससँगको सम्झौताले कलेज स्तरमा हुन लागेको प्रतियोगितालाई महत्त्वपूर्ण सहयोग पुर्याउने बताए। फ्रेम बक्सका प्रतिनिधि अंशु किरण शाहीले पछिल्लो समय विश्वबजारमा लोकप्रिय रहेको एनिमेसन र भिएफएक्सको कार्यक्रमलाई नेपाल विद्यार्थीसँग जोड्न पाउँदा खुसी लागेको बताए।
काठमाडौंको बसुन्धारास्थित साउथ वेष्टन कलेजमा हुने प्रतियोगितामा पब्जी मोबाइल, एमएलबिबी, ई-फुटबल र फ्री-फायर गरी चार विधा समावेश गरिएको छ।
कुल पुरस्कार राशी ५ लाख रहने प्रतियोगितामा मंसिर ३० गतेसम्म कलेज/विद्यालयले टिम दर्ता गर्न सक्नेछन् ।
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया