देशलाई सही बाटोमा डोर्याउन जरुरी छ : राजेन्द्र लिङ्देन
मेरोन्यूज
२०८१ मंसिर ७ गते २१:२६

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही बाटोमा डोर्याउन सचेत र सजग हुनुपर्ने बेला आएको बताएका छन् ।
राप्रपाद्वारा कैलालीको साडेपानीमा आज आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देशलाई सही बाटोमा लैजाने कामको नेतृत्व अन्य राजनीतिक दलले नभई राप्रपाले मात्रै गर्नसक्ने जिकिर गरेका हुन् ।
सुन्दर, बैभवशाली र प्रशस्त सम्भावना भएको हाम्रो देश भएर पनि गलत नेतृत्वकै कारण अहिलेसम्म विकास हुन सकेको उल्लेख गर्दै उनले कृषि, बिजुली, पर्यटन, सूचना प्रविधिको विकास गर्न सकिएमा विकासले फड्को मार्न सक्ने बताए ।
आमसभामा सो पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेश अध्यक्ष धर्मराज जोशी, जयन्त चन्द, वीरेन्द्र बमलगायत नेताले समसामयिक राजनीतिका बारेमा धारणा राखे ।
सम्बन्धित
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया