उच्च मूल्यको हवाई टिकट बन्द

काठमाडौँ । निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई टिकटको मूल्य बढेको जनगुनासो बढेपछि कम्पनीले ‘वाई’ क्लासको हवाई टिकट बिक्री बन्द गरेको हो । वाई क्लास भाडा नर्मल इकोनमी क्लासको उच्चतम श्रेणीको भाडादर हो ।
हिमालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा सबै ग्रुप टिबिए बुकिङ निलम्बन गरेको, सबै ट्राभल एजेन्टलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गर्दै आएको प्रस्ट पारेको छ ।
कम्पनीले आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाउँदै टिकटमा कालो बजारी रोक्न सबै ट्राभल एजेन्टलाई लगातार खबरदारी गर्दै आएको जनाइएको छ ।
पर्यटन मन्त्रालयले न्यूनतम दरमा मात्रै हवाई कम्पनीलाई टिकट बेच्न आग्रह गर्दै आएको छ । हिमालयले सिट वर्गीकरण अनुसार न्यूनतम टिकटको मूल्य, वर्तमान टिकटको मूल्य, ‘सरचार्ज’ र यात्रुलाई दिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाइसकेको छ ।
















नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
‘राइड सेयरिङ’ का एक सय ७५ जना चालकलाई कारबाही
मुस्ताङ भन्सारबाट पौने ६ अर्ब राजस्व सङ्कलन
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया