उच्च मूल्यको हवाई टिकट बन्द

काठमाडौँ । निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई टिकटको मूल्य बढेको जनगुनासो बढेपछि कम्पनीले ‘वाई’ क्लासको हवाई टिकट बिक्री बन्द गरेको हो । वाई क्लास भाडा नर्मल इकोनमी क्लासको उच्चतम श्रेणीको भाडादर हो ।
हिमालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपालमा सञ्चालनमा रहेका सबै अन्तर्राष्ट्रिय एयरलाइन्सको सहमतिमा सबै ग्रुप टिबिए बुकिङ निलम्बन गरेको, सबै ट्राभल एजेन्टलाई न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न सूचित गर्दै आएको प्रस्ट पारेको छ ।
कम्पनीले आफ्नो सिट क्षमताको परिधिमा रहेर भाडादर कायम गरेको जनाउँदै टिकटमा कालो बजारी रोक्न सबै ट्राभल एजेन्टलाई लगातार खबरदारी गर्दै आएको जनाइएको छ ।
पर्यटन मन्त्रालयले न्यूनतम दरमा मात्रै हवाई कम्पनीलाई टिकट बेच्न आग्रह गर्दै आएको छ । हिमालयले सिट वर्गीकरण अनुसार न्यूनतम टिकटको मूल्य, वर्तमान टिकटको मूल्य, ‘सरचार्ज’ र यात्रुलाई दिएको टिकटको मूल्य विवरण मन्त्रालयमा बुझाइसकेको छ ।









देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया