आइतबार, वैशाख १३, २०८३

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

मेरोन्यूज २०८१ मंसिर ९ गते ९:२६
कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस

काठमाडौँ । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ।

Advertisement
NiccNicc

उनलाई कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि  आज (आइतबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइन लागेको हो।आज म्याद थपका लागि रविलाई अदालतमा लागिएको यो पाँचौँ पटक हो। यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।

प्रतिक्रिया