अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ पट्रीघाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ३७४ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-७ बस्ने २३ वर्षीय भजौरा राना र २४ वर्षीय प्रकाश रानालाई २ सय ४० मिलिग्राम र सु.प.प्र.०१-०१० प ९६८१ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई ५ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-७ दरिङगालस्थित दरिङगाल खोला पुल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम, मोबाइल ४ थान र नगद ८ हजार रूपैयाँ सहित सोही गाउँपालिका-४ बालुवा डाँडा बस्ने २७ वर्षीय सोम बहादुर तामाङ समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ना.२६ प ३७४६ नम्बरको मोटरसाइकल र बा.प्र ०२-०१३ प ४०७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया