अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ पट्रीघाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१२ प ३७४ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-७ बस्ने २३ वर्षीय भजौरा राना र २४ वर्षीय प्रकाश रानालाई २ सय ४० मिलिग्राम र सु.प.प्र.०१-०१० प ९६८१ नम्बरको मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २८ वर्षीय सुरेन्द्र रानालाई ५ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-७ दरिङगालस्थित दरिङगाल खोला पुल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम, मोबाइल ४ थान र नगद ८ हजार रूपैयाँ सहित सोही गाउँपालिका-४ बालुवा डाँडा बस्ने २७ वर्षीय सोम बहादुर तामाङ समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ना.२६ प ३७४६ नम्बरको मोटरसाइकल र बा.प्र ०२-०१३ प ४०७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया