सोमबार, वैशाख ८, २०८२

अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

मेरोन्यूज २०८१ मंसिर ९ गते १९:११

काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित इलाम चुलाचुली गाउँपालिका-४ बस्ने २१ वर्षीय अबिरल हिङमाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ४७९७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ सुनाखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय युवराज थापा मगर समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया