२० बाट १० प्रतिशतमा झारियो सुनको भन्सार दर
मेरोन्यूज
२०८१ मंसिर ९ गते २०:४५

काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो ।
सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागले जनाएको छ । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए । चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ ।
सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो ।
उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ । औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।
सम्बन्धित















संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन
नवलपरासी कारागारका १८० कैदी अझै फरार
म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र
लमजुङमा वृद्ध मृतावस्थामा फेला
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया