धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी

काठमाडौं । सशुल्क सञ्चालनमा आए पछि धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रूपैयाँ संकलन गरेका छ ।
धरहरा ब्यवस्थापन समितिका अनुसार धरहरा चढन शुल्क लगाएको पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो ।
यस अघि निःशुल्क चढने ब्यवस्था गरे पनि आइतवारवाट शुल्क लगाउन सुरू गरिएको थियो । जसअनुसार आइतवार पहिलो दिन ६६३ जनाले चढेका थिए ।
धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरू गरिएको छ ।
साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।
धरहरा गत असाेज ३ काे संबिधान दिवसकाे दिनवाट सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे । गत शनिवारसम्म धरहरा चढन पैसा नलागे पनि हिजाेवाट भने पैसा तिरेर मात्रै धरहरा चढने नियम बनाइएकाे हाे ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया