रुकुमपश्चिचममा छोराद्वारा चक्कु प्रहार गरी बुबाको हत्या
मेरोन्यूज
२०८१ मंसिर १० गते १३:१३

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।
आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् । फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया