मंगलबार, वैशाख २२, २०८३

रुकुमपश्चिचममा छोराद्वारा चक्कु प्रहार गरी बुबाको हत्या

मेरोन्यूज २०८१ मंसिर १० गते १३:१३

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।

Advertisement
NiccNicc

आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् । फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया