काठमाडौं महानगरले इमेल र हुलाकबाट पठायो एमालेलाई जरिवाना पत्र
मेरोन्यूज
२०८१ मंसिर १० गते १३:२९

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको जरिवानाको पत्र इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाइएको छ ।
भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्विकार गरे पछि आज महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।
हिजो एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।
जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।
महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्विकार गर्दै आएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया