ठूला स्टारका बावजुद फ्लप हुन लागेको हो ‘सिंघम अगेन’ ?

काठमाडौं । रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ ले ठूला स्टार र ठूलो बजेटको बावजुद बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन ।
अजय देवगन, रणवीर सिंह, दीपिका पादुकोण, अक्षय कुमार र करीना कपुर खान जस्ता ठूला कलाकार अभिनित यो फिल्मले दर्शकहरूको राम्रो साथ पाउन सकेन।
रिपोर्टका अनुसार फिल्मले पहिलो साता १७३ करोड भारु कमाएको थियो, जुन फिल्मको बजेट र स्टार कास्टलाई हेर्दा कम थियो।
दोस्रो साता फिल्मले राम्राे व्यापार गर्ने अनुमान गरिएको थियो । तर यो साता फिल्मको कमाई झन घटेर ४७.५ करोडमा सिमित हुन पुग्यो।
रिपोर्टका अनुसार चलचित्रले चौथो आइतबार १ करोड ७२ लाखको व्यापार गरेको छ ।
फिल्मको बजेट करिब ३४० करोड भारुको रहेको बताइएको छ ।
१ नभेम्बरमा रिलिज भएकाे फिल्मको अहिलेसम्मकाे कुल कलेक्सन २४०.१७ करोड भारु पुगेको छ । यसरी हेर्दा फिल्मलाई आफ्नाे बजेट सुरक्षित गर्नै निकै संघर्ष गर्नु परिरहेकाे देखिन्छ ।
ठूला स्टारको लोकप्रियताले मात्र दर्शकलाई हलमा तान्न नसकिने ‘सिंघम अगेन’ ले देखाएकाे छ ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया