मंगलबार, वैशाख २२, २०८३

लिथुआनियामा विमान दुर्घटना हुदाँ १ जनाको मृत्यु

मेरोन्यूज २०८१ मंसिर १० गते १५:५०

भिल्नियस (लिथुआनिया) । जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

Advertisement
NiccNicc

“विमान भिल्नियस विमानस्थलमा अवतरण गने क्रममा केही किलोमिटर टाढा दुर्घटना ग्रस्त भएको जनाउदै अग्निनियन्त्रक तथा आपतकालीन सेवा एकाईका प्रमुख रेनाटास पोजेलाले चालक दलका एक जनाको मृत्यु भएको बताएका छन् ।

उनका अनुसार दुर्घटनाको क्रममा एउटा घरमा आगलागीसमेत भएको थियो ।

राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताएका छन् ।

डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया