डन भएको भन्दै युवकको अपहरण गर्ने तीन जना पक्राउ

धनगढी । कैलाली प्रहरीले युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी छन्।
उनीहरूलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ।
बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय राजेश खड्का (नाम परिर्वन) र कबेदारस्यु गाउँपालिका–६ बस्ने १७ वर्षीय राकेश धामी (नाम परिवर्तन) रहेको एसपी बिष्टले बताए।
उनीहरू दुवै जनालाई आइतबार साँझ धनगढीस्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको पाइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए।
कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले धामी र खड्कालाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिन्छ। यसअघि उनीहरूको कोठामा प्रवेश गरेर लुगा धुने काममा लगाउने तथा जबरजस्ती खाना चोरेर लैजाने गरेका थिए। उनीहरूले कोठाबाट कपडा र नगद समेत चोरी गरेर लगेको पाइएको प्रहरीले जनाएको छ।
यस्तै, सोही समूहले एक हप्ता अघि कैलालीको गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा लगि कुटपिट गरेका खुलेको छ।
विवाहमा विवाद भएको निहुँ पारेर पक्राउ परेका मध्येका विवेक खड्काकै समूहले शाहीलाई अत्तरियाबाट अपहरण गरी शिवपुरी जंगलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गरेका थिए। खड्काको समूहले डन हौँ भन्दै युवालाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्दै लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ
Prohibitory order continues in Gaur
HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया