लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिएका हुन्।
“कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन”, उनले भने, “सरकारी कामको यो रवैया हुनुभएन।” मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न सर्वसाधारणलाई जानकारी गराएकामा हालसम्म तीन वटा मात्र फोन आएकाले केही सुधार भइरहेको सङ्केत गरेको बताए।
मन्त्री पौडेलले सेवा सुधारमा लाग्न आग्रह गरे। “यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ रु”, मन्त्री पौडेलले भने, “हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौँ । कामका लागि आएका हौँ भन्ने सोच्नुपर्छ।”
मन्त्री पौडेलले योजनामा सीमित नभइ अब कार्ययोजना लिएर कर्मचारीलाई आउन आग्रह गरे। उनले विदेश भ्रमण जाने समयलाई पाँच दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन निर्देशन दिए।
मन्त्री पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गरे। “पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौँ”, उनले भने, “स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔँ।”
मन्त्री पौडेलले आमनागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कम भार पर्ने गरी काम गरिएको बताए।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया