हिंसा नसहने समाज बनाउन जरूरी छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउन आधारभूत वर्गका नागरिकको बिचमा पुगेर जनचेतना अभिवृद्धि गर्न आह्वान गरेका छन् ।
लुम्बिनी प्रदेशमा लैंगिकहिंसा विरूद्धको १६ दिने अभियानको आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित सुभारम्भ कार्यक्रममा हिंसा पनि नगर्ने, हिंसा पनि नसहने समाज बनाउन जरूरी रहेको बताउँदै यसका लागि जनचेतना अभिवृद्धि नै पहिलो आधार रहेको बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले लैङ्गिकहिंसा विरूद्ध शून्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गरे । अभियानमा जनप्रतिनिधि, राजनीतिकर्मी, सामाजिक अभियन्ताहरूले सचेतना अभिवृद्धिमा ध्यान दिन आग्रह गरे ।
उनले सबै प्रकारका हिंसा विरूद्धका अभियान चलाउन सरकार प्रतिबद्ध रहेको र यसका लागि नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरेर सरकारअघि बढेको बताए ।
लुम्बिनी प्रदेशमा बालविवाह, केही हानिकारक सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताका कारणले हिंसा बढेको देखिए न्यूनीकरणका लागि साझा प्रयास थालिएको जनाइएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया