हिंसा नसहने समाज बनाउन जरूरी छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई हिंसा मुक्त प्रदेश बनाउन आधारभूत वर्गका नागरिकको बिचमा पुगेर जनचेतना अभिवृद्धि गर्न आह्वान गरेका छन् ।
लुम्बिनी प्रदेशमा लैंगिकहिंसा विरूद्धको १६ दिने अभियानको आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित सुभारम्भ कार्यक्रममा हिंसा पनि नगर्ने, हिंसा पनि नसहने समाज बनाउन जरूरी रहेको बताउँदै यसका लागि जनचेतना अभिवृद्धि नै पहिलो आधार रहेको बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले लैङ्गिकहिंसा विरूद्ध शून्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको सुभारम्भ गरे । अभियानमा जनप्रतिनिधि, राजनीतिकर्मी, सामाजिक अभियन्ताहरूले सचेतना अभिवृद्धिमा ध्यान दिन आग्रह गरे ।
उनले सबै प्रकारका हिंसा विरूद्धका अभियान चलाउन सरकार प्रतिबद्ध रहेको र यसका लागि नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गरेर सरकारअघि बढेको बताए ।
लुम्बिनी प्रदेशमा बालविवाह, केही हानिकारक सामाजिक तथा सांस्कृतिक मूल्य मान्यताका कारणले हिंसा बढेको देखिए न्यूनीकरणका लागि साझा प्रयास थालिएको जनाइएको छ ।










रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया