बागमती मन्त्रिपरिषद्को बैठक : दुई सचिवलाई थप जिम्मेवारी

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ।
उक्त बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
उक्त बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
सो बैठकले बागमती प्रदेश खेलकुद विकास परिषदमा चार जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त परिषद्को सदस्यमा क्रमशः ललितपुरका रवि महर्जन, मकवानपुरका सङ्गीत श्रेष्ठ, चितवनका नवीना खनियाँ र रामेछापका कल्पना खड्का नियुक्त भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले जानकारी दिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया