यू-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको बिदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका बाबजुद विश्वकपमा छनोट हुनका लागि यो सुरुवातजस्तो भएको छ, एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण हो । यू-१९ क्रिकेट पनि हाम्रो प्राथमिकतामा छ, युवा टोलीको भविष्य पनि नेपालको भविष्यसँग जोडिएको छ।’
पारसले दबाब नलिईकन क्षमता अनुसारको प्रदर्शन गर्न शुभकामना दिए । यू-१९ का खेलाडीहरू राष्ट्रिय टिमसम्मै खेल्न सफल भएका छन्।
त्यसैगरी यू-१८ का नवनियुक्त प्रशिक्षक शक्ति गौचनले टोली एसिया कपका लागि तयार भएको बताए । हेमन्त धामीले पनि १५ दिनको क्याम्प र कर्नाटकसँगको सिरिजले फाइदा पुगेको बताउँदै राम्रो तयारी भएको बताएका छन् । एसिया कपमा नेपालले श्रीलंका, बांङ्लादेश र अफगानिस्तानसँग खेल्ने छ ।
हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय पूर्व खेलाडी शक्ति गौचन छन् ।











प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेकाे विदेशी मुद्राको विनिमयदर
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
प्रतिक्रिया