सोमबार, वैशाख १४, २०८३

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

मेरोन्यूज २०८१ मंसिर ११ गते १९:२६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

Advertisement
NiccNicc

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

श्रेष्ठको शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढंगले खुला रुपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत् समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका थिए । उनले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्ष श्रेष्ठले गतिशील ढंगले काम गर्ने विश्वास पनि व्यक्त गरे ।

अर्थमन्त्री पौडेलले अध्यक्ष श्रेष्ठले राम्रा काम र नतिजाद्वारा सबै आशंकालाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गरेका थिए ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया