हिन्दू विश्वविद्यालयका प्राध्यापक भन्छन् : ‘नेपालमा गणतन्त्र सफल छ’

काठमाडौं । विश्व हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको बताएका छन् ।
शहीद स्मृति प्रतिष्ठान केन्द्रीय समितिले मङ्गलबार आयोजना गरेको ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र विषयक’ कार्यशालामा उनले अब विचार बदलिनुपर्नेमा जोड दिए । मल्लिकले विचार बदलिएमा राजनीतिक परिवेश र समावेशी लोकतन्त्रले पनि सफलता पाउने बताए ।
प्रा डा मल्लिकले गणतन्त्र एवम् लोकतन्त्रमा सबै नागरिकका हक अधिकार बराबरी हुने भएकाले यसले सफलता पाउँदै आएको दाबी गरे ।
शासन सञ्चालनमा सम्पूर्ण क्षेत्र, भाषा, लिङ्ग, वर्ग र समुदायका नागरिकलाई न्यायोचित सहभागी गराउने शासकीय पद्धति नै समावेशी लोकतन्त्र भएकाले यसको आवश्यकता रहेको उल्लेख गरे ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले समावेशी लोकतन्त्र निर्माणका लागि बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, प्रदीप गिरीलगायतका नेताहरूले देशमा खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदिश पोखरेल, पूर्वसांसद किरण यादव, पूर्वराजदूत डा विजय कर्ण, प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाललगायतले आ–आफ्ना धारणा राखेका थिए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया