बागलुङमा फापरखेती गर्न किसानको मोह छैन

ढोरपाटन (बागलुङ)। बागलुङको निसीखोला–४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्थे ।
तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोडेको छ । मकै फल्ने बारीमै लगाइने फापर आयातीत खाद्यन्न प्रयोग बढ्दै गएपछि खेती हुन छोडेको हो । गाउँको पाखो बारीमै फलाउन सकिने भए पनि खनजोत गर्ने खेतालाको अभाव हुँदै गएपछि उनले फापरखेती गर्न छोडेको हो ।
अचेल गाउँमै बसेर रैथाने बालीको खेती गर्ने किसानाको सङ्ख्या निकै कम छ । उन्नत जातका बीउबिजन प्रयोग गरेर खेतीपाती गर्न थालेपछि परम्परागत खेती प्रणाली फेरिनाका साथै रैथाने बाली लोप हुन थालेको उनको भनाइ छ ।
पहिले बारीमा फापर नलगाउने कोही नहुने भन्दै अहिले गाउँमै कसैले पनि यसको खेती नगर्ने बताए । पहिले चामल ल्याउनका लागि हप्तादिन लगाएर बुटवल पुग्नुपर्ने हुँदा गाउँमै फापर उत्पादन गर्ने गरेको भन्दै अहिले घरघरै दोकान खुलेपछि रैथाने बाली उत्पादन गर्न छोडेको उनले बताए ।
उनले भने, “पहिले गाउँमा दुःख थियो, एक छाक खानका लागि धेरै काम गर्नु पथ्र्यो, बारीमा फापर, कोदो र मकैबाहेक अरू फल्दैनथ्यो, अहिलेको जस्तो चामल नपाएपछि आँटो, ढिँडो र रोटी नै खानुको विकल्प थिएन, त्यही भएर खेती किसानी गर्न मान्छेहरु बाध्य थिए, अहिले अलिअलि पैसा कमाउने भएर गाउँ घरैमै चामलाका बोरा आउन थालेपछि कोदो, फापरखेती किन गरून् ?”
व्यावसायिक रुपमा फापरखेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ । फापरका परिकार उच्च रक्तचाप र सुगर (मधुमेह)का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ । बागलुङको निसेलढोर, उत्तरगङ्गा क्षेत्र, भल्कोट, खुङ्खा, तमान, स्याउला, हिल, तारा, बोबाङलगायत उच्च क्षेत्रमा कोदोखेती गरिन्थ्यो । तमानखोला गाउँपालिका–२ का भक्तबहादुर सिर्पालीले पाँच वर्ष अगाडिसम्म आफूले करिब सात रोपनी जग्गामा फापरखेती गरे पनि अहिले छोडेको बताए ।
“हाम्रो बाउबाजेले फापरको आँटो, ढिँडो र रोटी खायो भने तागत दिन्छ भन्थे, चामल कमै हुने हुँदा भात दसैँ, तिहार र अरू चाडपर्वमा खाने गथ्र्यौं, अहिले ढिँडो खानलाई फापर र कोदोखेती हुन छोड्यो, बजारबाट चामल लिएर दिनकै भात खानुपर्छ”, सिर्पालीले भने, “पहिले गाउँमा भात खाने उही धेरै खेत हुने हुन्थे, हामी त गाउँमा माथिपट्टि बस्ने कोदो र फापरखेती गरेर आँटो ढिँडो खान्थ्यौँ ।”
बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । हरेक वर्ष बागलुङमा एक सय २० मेट्रिक टन फापर उत्पादन हुने उनको भनाइ छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया