३९ अंकले बढ्याे सेयर बजार, काराेबार रकम ९ अर्ब ३१ करोड

काठमाडौं। बुधबार पनि सेयर बजार बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ३९ दशलमव ७० अंकले बढेर २,७५६ को विन्दुमा कायम भएको हो ।
बुधबार २०० कम्पनीको मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोडमाथिको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सात कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु, सर्पोट लघुवित्त लगायत ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया