पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान

लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण गरेर व्यवस्थित बनाएसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो । यहाँ दैनिक दुई सयदेखि तीन सयजना बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।
शुक्रबार, शनिबार र बिदाको समयमा छ, सात सय जना भन्दाबढी पर्यटक आउने गरेको स्थानीयवासीले बताएका छन् । बजार नजिकै घुम्न तथा समय बिताउनका लागि पर्यटकीयस्थलका रुपमा नगरपालिकाले सो उद्यान निर्माण गरेपछि पर्यटक आकर्षित हुन थालेका हुन् ।
बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरभित्र एउटा पनि उद्यान नहुँदा घुम्ने, हेर्ने, तथा मनोरञ्जन गर्ने कुनै ठाउँ नभएकाले उद्यान निर्माण गरी व्यवस्थित बनाएसँगै पर्यटकको चाप बढिरहेको बताए ।
आठ रोपनी क्षेक्रफलमा चार बस्ने ठाउँ, एउटा पानीको फोहरा संरचना, पिक्नीकको लागि सेड, बालबालिका खेल्न उद्मान, शौचायलय, पार्कभित्र हिँड्ने सिँढी लगायतको संरचना निर्माण भएको नगरप्रमुख अर्यालको भनाइ छ । उनका अनुसार यस उद्यान टिकट व्यवस्था लागू गरी पर्यटक तथा स्थानीयबाट शुल्क उठाउने तयारी भएको छ । विसं २०७५ चैत १२ गतेबाट निर्माणकार्य थालनी भएको उक्त पार्कमा हालसम्म ५०/६० लाख बढी लगानी भइसकेको नगरपालिकाले जनाएको छ ।
यस उद्यानमा आएका पर्यटक सन्तोष थापाले भने, “बजार नजिकै उद्यान बनेपछि घुम्न रमाइलो हुने गरेको छ । आफू परिवारसँग बेला बेलामा आउने पार्कमा घुम्दा मनोरञ्जन प्राप्त हुने गरेको उनको भनाइ छ ।” त्यस्तै, अर्का पर्यटक सोविता परियारले पार्क घुम्दै मनोरञ्जन हुने गरेको र समय बिताउन पनि सहज हुने भएकाले यहाँ साथीहरुसँग आएको बताए ।
त्यस्तै, स्थानीय सिर्जना श्रेष्ठले भनिन्, “यहाँ आउने पर्यटक उद्यानमा भिडियो बनाउने, फोटो खिच्ने, सेल्फि खिच्ने, टिकटक बनाउँदै रमाउने गर्दछन् ।” साथै यहाँ विभिन्न ठाउँबाट पिकनिक खानालाई आउने गरेको उनको भनाइ छ । साथै नाच गानसमेत हुने हुँदा पर्यटकलाई थप मनोरञ्जन प्राप्त गर्ने गरेको छ ।
यस उद्यानबाट एतिहासिक तथा धार्मिक करपुरेश्वर महादेव मन्दिर, मस्र्याङ्दी नदी, विभिन्न गाउँ, बेँसीशहर बजारको केही भाग, लमजुङ दरबार, लमजुङ हिमाललगायत विभिन्न हिमालसमेत देख्न सकिन्छ । सो स्थानमा जनयुद्वका बेला नेपाली सेनाले लामो समयसम्म बसोबास गरेको थियो । मुलुकमा शान्ति स्थापनाको केही वर्षपछि स्थानीयको आग्रहमा यहाँबाट नेपाली सेना अन्यन्त्र गएको थियो । सेना गएको केहीवर्षसम्म बम रहेको आशङ्कामा उक्त उद्यानमा स्थानीय जान सकेनन् । केही बमसमेत फेला प¥यो ।
जोखिम नरहेको ठहरपछि विसं २०७५ देखि नगरपालिकाले उद्यान निर्माण थालनी गरेको थियो । करपुरेश्वर पार्कबाट परिचित तथा यस उद्यानको नाम परिमार्जित हुनुअघि सो स्थान मलामी चौउरको नामले परिचित रहदै आएको थियो । यहाँ मान्छे मरेर मस्र्याङ्दीमा जलाएर फर्किएपछि सो स्थानमा बस्ने गरेकाले मलामीचौउरको नामले परिचित रहेको स्थानीयको भनाइ छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया