विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । मोरङ, रुपन्देही, सप्तरी लगायतका जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबिने बजार बस्ने ३५ वर्षीय रमेश भन्ने इन्द्रबहादुर सार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । सार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कस्थित नागरिक प्लाजा होटलमा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बाग्लुङ गलकोट नगरपालिका–११ घर भएका ३३ वर्षीय श्याम सिंजाली मृत अवस्थामा फेला परेका हुन् । उता सप्तरीको खडक नगरपालिका–४ बस्ने ७५ वर्षीया सुनरी खातुन सोही ठाउँस्थित तरकारी बारीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ नाङलोस्थित खाली चौरमा अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । उनको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । त्यस्तै इलामको माङसेबुङ गाउँपालिका–४ चुच्चेटार बस्ने ८२ वर्षीय बसन्तकुमार राई सोही ठाउँस्थित भिरमा मृत अवस्थामा फेला परेका छन् । राई बुधबार मृत फेला परेका हुन् ।
उल्लेखित सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया