विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । मोरङ, रुपन्देही, सप्तरी लगायतका जिल्लामा ५ जना मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबिने बजार बस्ने ३५ वर्षीय रमेश भन्ने इन्द्रबहादुर सार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । सार्की बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कस्थित नागरिक प्लाजा होटलमा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बाग्लुङ गलकोट नगरपालिका–११ घर भएका ३३ वर्षीय श्याम सिंजाली मृत अवस्थामा फेला परेका हुन् । उता सप्तरीको खडक नगरपालिका–४ बस्ने ७५ वर्षीया सुनरी खातुन सोही ठाउँस्थित तरकारी बारीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ नाङलोस्थित खाली चौरमा अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । उनको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । त्यस्तै इलामको माङसेबुङ गाउँपालिका–४ चुच्चेटार बस्ने ८२ वर्षीय बसन्तकुमार राई सोही ठाउँस्थित भिरमा मृत अवस्थामा फेला परेका छन् । राई बुधबार मृत फेला परेका हुन् ।
उल्लेखित सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया