‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित

काठमाडौँ। यसवर्षको ‘सिविन – नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ । बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले आज यहाँ आयोजित कार्यक्रममा सो सम्मान अर्पण गरेको हो ।
नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ । साथै नगरपालिकाले आफ्ना १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको जनाइएको छ ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले सो सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्धन लागि थप आवश्यक नीति तथा कार्यान्वयन गरिने जानकारी दिइन् ।
चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार नगरपालिकाले आफ्नो सेवालाई बालमैत्री बनाउने नीति अबलम्बन गरेको छ । सम्मानपत्रमा बालअधिकार संरक्षण तथा प्रवर्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको भनिएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया