५५ करोड बराबरको अनलाइन जुवा खेलाएको आरोपमा एक युवक पक्राउ
मेरोन्यूज
२०८१ मंसिर १२ गते १८:२४

काठमाडौं । अनलाइन जुवामार्फत ५५ करोडको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ का ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो ।
बेटिङ एपमार्फत उनले अनलाइन जुवा खेलाएको आरोप छ । साथै, उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।
हाल ललितपुरको महालक्ष्मी नगरपालिका ४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट लगायत प्रयोग गरी हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । उनले २५ भन्दा बढी जिमेल एकाउन्ट खोलेर वान एक्सबेटमा प्रयोग गरेको पाइएको छ ।
विभिन्न व्यक्तिका नागरिकता, पासपोर्ट लगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ ।
सम्बन्धित










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया