एसिया प्रान्तका शिक्षा क्षेत्रका सवालमा पत्रकारहरूसँग अन्तरक्रिया

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक युनियन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एक्सन एड् नेपाल र शिक्षकका लागि राष्ट्रिय अभियान Union initiation for Trade Union And Education Rights ( UNITE) को संयुक्त आयोजनामा सोमबार एसिया प्रान्तका शिक्षामा क्षेत्रका चुनौतीहरू, गुणस्तरीय शिक्षा, शिक्षाका सवालमा राज्यले बनाएका नीति नियम तथा ऐन कानुनका विषयमा पत्रकारहरूसँग छलफल गरिएको छ ।
उक्त अन्तरक्रियामा संस्थागत विद्यालय शिक्षक युनियन ISTU का राष्ट्रिय अध्यक्ष होमकुमार थापाले शिक्षा सम्बन्धमा अहिलेको अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुतीकरणका क्रममा उनले शिक्षामा लगानी, आवश्यक बजेट, शिक्षामा सरकारी खर्च, नमुना विद्यालयहरूकोअहिले भएको अवस्थाको बारेमा जानकारी दिए।
यसै क्रममा उनले वडा स्तरमा नै शिक्षा सम्बन्धी नियमावली बनाइएको भएता पनि राज्य स्तरबाट शिक्षकहरूलाई आवश्यक तालिम प्राप्त हुन नसकेको, शिक्षकहरूका लागि कम तलब, काम गर्ने वातावरण नभएको, शिक्षामा निजीकरणको प्रभाव, प्रविधिको विकासमा कमी जस्ता कारणले गर्दा नेपालमा शिक्षाको क्षेत्रमा काम गर्ने निकायहरूले विभिन्न चुनौतीको सामना गर्न परेको जसले गर्दा विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकेको गुनासो गरे ।
पत्रकारहरूसँग गरिएको उक्त छलफल कार्यक्रमको सहजीकरण खबर एजुकेसन डट कम का अध्यक्ष तथा सम्पादक लक्ष्मी ढकालले गरेका थिए ।
यसै क्रममा उनले राज्यले शिक्षामा कूल बजेटको २० प्रतिशत रकम लगानी गर्न जरुरी रहेको भन्दै शिक्षाको क्षेत्रमा शिक्षक तथा कर्मचारीहरूले ढुक्कले काम गर्न सक्ने वातावरणको पनि सृजना गर्नु पर्ने, विद्यालयमा प्रदान गरिने दिवा खाजालाई गुणस्तरीय बनाउनका लागि यसको वृद्धि गर्नका लागि पहल गर्नु पर्ने कुरामा जोड दिए ।
सो कार्यक्रममा सहभागी प्रतिनिधिहरूले शिक्षाका सवालमा राज्यले पर्याप्त मात्रमा सेवा सुविधा प्रदान नगरेको, आवश्यक शैक्षिक सामाग्रीहरूको उपलब्धता नगरेको गुनासो गरेका थिए ।
प्रतिक्रिया