‘पूर्ण बहादुरको सारंगी’ ले अहिलेसम्म कति गर्यो ग्रस कलेक्सन?

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपाली बक्सअफिसमा ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले चार हप्तामा नेपालमा ४७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।
‘पूर्ण बहादुरको सारङ्गी’ तिहारको छेको पारेर कात्तिक १५ गते रलिज भएको थियो ।
यो चलचित्रले अमेरिका र क्यानडामा साढे ९ करोडभन्दा माथि कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । अस्ट्रेलियामा ९ करोड कलेक्सन गरेको छ ।
मिडल इस्टमा ५ करोड रुपैयाँभन्दा माथि ग्रसक कलेक्सन गरेको निर्माणपक्षको भनाइ छ । हालसम्म यो चलचित्रले नेपाल र नेपालबाहिर गरी ७० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाइसकेको छ । ‘कबड्डी–४’को नाममा रहेको साढे २३ करोडको ग्रसकलेक्सनलाई उछिन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रेकर्ड आफ्नो नाममा ल्याएको हो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन तीन करोड ८९ लाख ग्रसकलेक्सन गर्दै एकै दिन धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि आफ्नो नाममा राखेको थियो ।
पहिलो दिन पूर्ण बहादुरको सारङ्गीले मल्टिप्लेक्स र सिंगल थिएटर गरी जम्मा नेपालभरबाट १७ लाख ग्रसकलेक्सन गरेको थियो भने तेस्रो दिनको दिउँसोबाट देशभर हाउसफुल हुन सुरु भएको थियो ।
यो चलचित्रले सबैभन्दा धेरै दोस्रो हप्ता कलेक्सन गरेको थियो । “दोस्रो हप्ता सबैभन्दा धेरै १६ करोड ९२ लाख कलेक्सन भएको थियो।
गन्धर्व समुदायको कथामा निर्माण भएको फिल्मको शीर्ष भूमिकामा विजय बराल छन्। साथमा प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, माओत्से गुरूङ, जान्वी पौडेल, स्वयंम केसी लगायत कलाकारहरूको अभिनय छ।
‘पूर्ण बहादुरको सारंगी’ लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिइसकेको छ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया