‘पूर्ण बहादुरको सारंगी’ ले अहिलेसम्म कति गर्यो ग्रस कलेक्सन?

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपाली बक्सअफिसमा ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले चार हप्तामा नेपालमा ४७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।
‘पूर्ण बहादुरको सारङ्गी’ तिहारको छेको पारेर कात्तिक १५ गते रलिज भएको थियो ।
यो चलचित्रले अमेरिका र क्यानडामा साढे ९ करोडभन्दा माथि कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । अस्ट्रेलियामा ९ करोड कलेक्सन गरेको छ ।
मिडल इस्टमा ५ करोड रुपैयाँभन्दा माथि ग्रसक कलेक्सन गरेको निर्माणपक्षको भनाइ छ । हालसम्म यो चलचित्रले नेपाल र नेपालबाहिर गरी ७० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाइसकेको छ । ‘कबड्डी–४’को नाममा रहेको साढे २३ करोडको ग्रसकलेक्सनलाई उछिन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रेकर्ड आफ्नो नाममा ल्याएको हो ।
‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन तीन करोड ८९ लाख ग्रसकलेक्सन गर्दै एकै दिन धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि आफ्नो नाममा राखेको थियो ।
पहिलो दिन पूर्ण बहादुरको सारङ्गीले मल्टिप्लेक्स र सिंगल थिएटर गरी जम्मा नेपालभरबाट १७ लाख ग्रसकलेक्सन गरेको थियो भने तेस्रो दिनको दिउँसोबाट देशभर हाउसफुल हुन सुरु भएको थियो ।
यो चलचित्रले सबैभन्दा धेरै दोस्रो हप्ता कलेक्सन गरेको थियो । “दोस्रो हप्ता सबैभन्दा धेरै १६ करोड ९२ लाख कलेक्सन भएको थियो।
गन्धर्व समुदायको कथामा निर्माण भएको फिल्मको शीर्ष भूमिकामा विजय बराल छन्। साथमा प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, अलिशा बास्तोला, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, माओत्से गुरूङ, जान्वी पौडेल, स्वयंम केसी लगायत कलाकारहरूको अभिनय छ।
‘पूर्ण बहादुरको सारंगी’ लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिइसकेको छ।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया