८ अंकको ‘करेक्सन’ भएको दिन साढे ८ अर्बको सेयर किनबेच

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.३० अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।
५० कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो । व्यापार समूह ९.२५ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशत बढेको हो ।
व्यापार समूहमा साल्ट ट्रेडिङ र विशाल बजार मात्रै सूचीकृत छन् । पूँजीकरणका आधारमा साल्ट ट्रेडिङभन्दा विशाल बजार १० गुणा शक्तिशाली छ । यहीं कारण व्यापार समूहलाई विशाल बजारले पूर्ण प्रभाव पार्दछ ।
विकास बैंक सूचक १.०५ र जीवन बीमा ०.४७ प्रतिशत बढे । बैंकिङ ०.८७, फाइनान्स ०.९७, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर १.५८, लगानी ०.८७, उत्पादन ०.८६, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.४१ प्रतिशत घटे ।
विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । पाँचथर पावरको ८.३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१, जानाकी फाइनान्सको ७.८, मितेरी विकास बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।
मानुषी लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ र कर्णाली विकास बैंकको ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एक्सल डेभपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया