८ अंकको ‘करेक्सन’ भएको दिन साढे ८ अर्बको सेयर किनबेच

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७४८ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ८.३० अंक घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।
५० कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो । व्यापार समूह ९.२५ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशत बढेको हो ।
व्यापार समूहमा साल्ट ट्रेडिङ र विशाल बजार मात्रै सूचीकृत छन् । पूँजीकरणका आधारमा साल्ट ट्रेडिङभन्दा विशाल बजार १० गुणा शक्तिशाली छ । यहीं कारण व्यापार समूहलाई विशाल बजारले पूर्ण प्रभाव पार्दछ ।
विकास बैंक सूचक १.०५ र जीवन बीमा ०.४७ प्रतिशत बढे । बैंकिङ ०.८७, फाइनान्स ०.९७, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर १.५८, लगानी ०.८७, उत्पादन ०.८६, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.४१ प्रतिशत घटे ।
विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । पाँचथर पावरको ८.३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१, जानाकी फाइनान्सको ७.८, मितेरी विकास बैंकको ५.३ प्रतिशत मूल्य बढ्यो ।
मानुषी लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ र कर्णाली विकास बैंकको ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एक्सल डेभपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।















Police seized illegally traded goods in Rupandehi
Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया