मन्त्रिपरिषद् बैठक सिंहदरबारमा
मेरोन्यूज
२०८१ मंसिर १३ गते १८:२९

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य भइरहेका बेला यस बैठकलाई महत्त्वका साथ हेरिएको छ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली १७–२० मंसिरमा बेइजिङ प्रस्थान गर्दैछन्।
प्रधानमन्त्रीको भ्रमणको तयारीकै लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आजै चीन प्रस्थान गरेकी छन्।
चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई लिएर सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुरा मिलिरहेको छैन।
दुई दलबीच साझा धारणा बनाउन संयुक्त कार्यदलले पनि काम गरिरहेको छ। उक्त कार्यदलमा बीआरआई कार्यान्वयन योजनाको सट्टा ‘फ्रेमवर्क एग्रिमेन्ट’का लागि गृहकार्य भइरहेको छ।
सम्बन्धित










देशभरको न्यूनतम तापक्रम बढ्याे
निर्वाचनमा समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत फेेेरबदल
आजकाे विदेशी मुद्राको विनिमयदर : युरो घट्याे
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया